Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

सोउल-नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोन्सिक) ले नेपाल-कोरिया मैत्री दिवस-२०१३ हालै सम्पन गरेको छ ।

सोउल महानगरपालिका, नेपाली राजदूताबास दक्षिण कोरिया तथा एनआएन कोरियाको सहयोगमा सो कार्यक्रम सम्पन गरेको हो ।

korea korea1

नेपाली भाषा, संस्कृति, खाना तथा नेपाल पर्यटनको प्रबर्धन तथा सोन्सिकलाई शैक्षिक तथा विद्यार्थीको हक हितको लागि आवश्यक पर्ने रकम संकलन गर्ने उदेश्यले आयोजना गरिएको सो कार्यक्रममा नेपाली राजदूताबास दक्षिण कोरियाका उप-नियोग प्रमुख राजाराम बर्तौलाको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवर, सोउल महानगरपालिकाका मल्टी -कल्चरल बिभाग प्रमुख, तथा कोरियामा अवस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको कार्यक्रममा पाकिस्तान, भारत, दक्षिण कोरिया, इन्डोनेसिया, मङ्गोलिया, उज्बेकिस्तान, अफगानिस्तान, चिली, श्रीलङ्का तथा नेपाली बिद्यार्थीहरुले कार्यक्रम अबलोकन गरेका थिए । सहभागीहरूले नेपाली परिकारको पनि स्वाद लिएका थिए भने भेषभूषा, नेपाली गीत र संस्कृति हेरेर मनोरञ्जन लिएका थिए ।
आगामी दिनहरूमा पनि कोरियाका विश्वविद्यालयमा नेपाली संस्कृति र पर्यटनलाइ प्रवर्धन गर्न निरन्तररूपमा लागि रहने नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोन्सिक) का सभापति तारानाथ कडायतले जनाउनु भएको छ ।***

तपाईको प्रतिक्रिया