समाचार सुन्नुहोस :
काठमाडौँ – २४औँ आमरण अनसनमा रहेका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।
उनका सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको रगतमा सुगरको मात्रा ५० सम्म झरेको छ भने रक्तचाप पनि सामान्यभन्दा निकै कम रहेको छ। स्वास्थ्यमा थप जटिलता आउन सक्ने जोखिम देखिएकाले उपचार र निरन्तर निगरानीका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिर परिसरमा २४औँ आमरण अनसन जारी राखेका छन्।








