Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा पाँच सय रुपैयाँ जरिमाना गरिएको छ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको हो।

सिरहा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुप्ताको उक्त भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले यस्तो व्यवहार गर्नु उचित नभएको भन्दै धेरैले प्रश्न उठाएका थिए।

विवाद बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन्।

तपाईको प्रतिक्रिया