टोकियो – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार येनको भाउमा सामान्य गिरावट देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४४ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको मूल्यमा केही पैसाको गिरावट आएको हो ।
येनको भाउमा सामान्य गिरावट देखिए पनि अमेरिकी डलर र कुवेती दिनारले भने आज नयाँ उचाइतर्फको यात्रा कायमै राखेका छन्
। १ अमेरिकी डलरको खरिद दर १५४ रुपैयाँ २२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८२ पैसा कायम भएको छ । नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो मानिने कुवेती दिनारको बिक्री दर आज ५०२ रुपैयाँ ९९ पैसा पुगेको छ । आज युरोपियन युरोको बिक्री दर १७६ रुपैयाँ ६९ पैसा र बेलायती पाउन्ड स्टर्लिङको २०७ रुपैयाँ ०२ पैसा कायम भएको छ ।
खाडी र मलेसियाको मुद्रा दर :-
- कतारी रियाल: ४२ रुपैयाँ ४७ पैसा
- युएई दिराम: ४२ रुपैयाँ १५ पैसा
- साउदी रियाल: ४१ रुपैयाँ २५ पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ८६ पैसा
- बहराइन दिनार: ४१० रुपैयाँ ६१ पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर १०९ रुपैयाँ ९४ पैसा, अस्ट्रेलियन डलर १०८ रुपैयाँ ३५ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ५४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








