समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल साताव्यापी भ्रमणका लागि बिहीबार चीन प्रस्थान गरेका छन्। जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा उनी सिचुवान एयरलाइन्सको उडानमार्फत बेइजिङ गएका हुन्।
खनालको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च नेतृत्वसँग शिष्टाचार भेट तथा विभिन्न विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, दुवै देशको साझा हितका विषयमा सहकार्य बढाउने, परम्परागत मित्रतालाई अझ मजबुत बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ।








