Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

टोकियो – जापानमा जारी प्रचण्ड गर्मीको लहरका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । जापानको ‘अग्नि तथा विपद् व्यवस्थापन एजेन्सी’का अनुसार, यस वर्ष पहिलोपटक एकै हप्तामा ‘हिटस्ट्रोक’ (लू लाग्ने समस्या) भएर अस्पताल पुर्‍याइनेहरूको सङ्ख्या १० हजार नाघेको छ ।

जुलाई १९ सम्मको एक हप्ताको तथ्याङ्क सार्वजनिक गर्दै एजेन्सीले देशभरका १० हजार ८५७ जनालाई आपत्कालीन उपचारका लागि अस्पताल पुर्‍याइएको जनाएको छ । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा दोब्बरभन्दा बढी हो ।

अत्यधिक गर्मीका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएकामध्ये १४ जनाको ज्यान गइसकेको छ । अस्पताल लगिएका कुल बिरामीमध्ये ४ हजार ३८२ जनाको अवस्था गम्भीर वा मध्यम रहेकाले उनीहरूलाई वार्डमा भर्ना गरी उपचार भइरहेको छ । बाँकी ६ हजार ३६१ जनामा भने सामान्य लक्षण देखिएकाले प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ ।

एजेन्सीले गर्मीका कारण बिरामी हुने र मृत्यु हुनेको यो बढ्दो दरलाई ‘प्राकृतिक विपद्’को संज्ञा दिएको छ । मौसमविद्हरूले जापानका धेरैजसो भूभागमा अझै केही समय तापक्रम उच्च रहने र लू चल्ने प्रक्षेपण गरेका छन्, जसले गर्दा स्थिति थप भयावह हुन सक्ने देखिन्छ ।

गर्मीबाट जोगिन सरकारले सर्वसाधारणका लागि विशेष निर्देशिका र अपील जारी गरेको छ। जसमा भनिएको छ:-

  • तिर्खा नलागे पनि समय-समयमा प्रशस्त पानी पिउने
  • घरभित्र रहँदा अनिवार्य रूपमा एयर कन्डिसनर (एसी) को प्रयोग गर्ने
  • बाहिर काम गर्दा वा पैदल हिँड्दा बारम्बार सितल ठाउँमा विश्राम लिने
  • अनावश्यक रूपमा घाममा ननिस्कने

तपाईको प्रतिक्रिया