Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्वकै सबभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट (जिम्मी डोनाल्डसन) ले  आफ्नी प्रेमिका तथा कन्टेन्ट क्रिएटर थिया बुइसेनसँग विवाह गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले क्यारिबियनको नेकर आइल्याण्डमा परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा निजी समारोहबीच विवाह गरेका हुन्। विवाहमा करिब ७० जना अतिथिको सहभागिता रहेको बताइएको छ।

एक सातासम्म चलेको विवाह समारोहमा अतिथिहरूले स्नोर्कलिङ, काइटसर्फिङलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिमा भाग लिएका थिए। दुवैले विवाहलाई भड्किलोभन्दा पनि पारिवारिक र निजी बनाउन चाहेका थिए। मिस्टरबिस्ट र थिया बुइसेनको पहिलो भेट सन् २०२२ मा दक्षिण अफ्रिकामा भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरूले सन् २०२४ को क्रिसमसमा इन्गेजमेन्ट गरेका थिए।

विवाहपछि सामाजिक सञ्जालमा नवविवाहित जोडीलाई शुभकामना दिनेहरूको ओइरो लागेको छ। परोपकारी भिडियो, चुनौतीपूर्ण कन्टेन्ट र ठूलो पुरस्कार वितरण गर्ने शैलीका कारण मिस्टरबिस्ट हाल विश्वकै सबैभन्दा धेरै सब्स्क्राइबर भएका व्यक्तिगत युट्युबरका रूपमा परिचित छन्।

तपाईको प्रतिक्रिया