Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उनीहरूले बुधबारदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्। संयुक्त रूपमा हस्ताक्षर गरिएको राजीनामापत्र मुख्यमन्त्री इन्द्र बानियाँलाई बुझाइएको छ। बागमती सरकारमा एमालेका तर्फबाट ६ जना मन्त्री सहभागी थिए।

एमालेका मन्त्रीहरूको राजीनामासँगै कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ। केही दिनअघि मात्रै बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरिएको थियो। त्यसपछि केही मन्त्रीहरू विनाविभागीय बनेका थिए। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई मन्त्रीहरूको राजीनामा स्वीकृत गर्न आग्रह गरेका छन्।

यता, प्रदेशहरूमा नेकपा (एमाले) र नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी भइरहेको चर्चा छ। यसअघि नेपाली कांग्रेसले एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया