Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – जापानको पूर्वीदेखि पश्चिमी भूभागसम्म यतिबेला प्रचण्ड गर्मीको लहर चलेको छ । उच्च वायुमण्डलीय चाप प्रणालीका कारण मंगलबार मध्य जापानका कतिपय सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

जापान मौसम विज्ञान विभागका अनुसार सन् २०१८ यता जापानमा लगातार नवौँ वर्ष तापक्रम ४० डिग्री वा सोभन्दा माथि पुगेको रेकर्ड कायम भएको छ । विभागले गत अप्रिलमा ४० डिग्री वा सोभन्दा माथिको तापक्रम हुने दिनलाई ‘कोकुशोबी’ (अत्यन्तै क्रुर गर्मीका दिन) भनी नयाँ नाम दिएको थियो । नयाँ शब्दावली लागू भएयता पहिलोपटक तापक्रम यो भयावह स्तरमा पुगेको हो ।

तथ्याङ्कअनुसार मध्य जापानको गिफु प्रान्तस्थित ताजिमी सहरमा दिउँसो २:०९ बजे तापक्रम ४०.३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । सोही प्रान्तको गुजो सहरमा पनि तापक्रम ४० डिग्री पुगेको छ । यस्तै, मोटर उद्योगका लागि प्रसिद्ध आइची प्रान्तको टोयोटा सहरमा दिउँसो २:२२ बजे तापक्रम ४०.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

देशभरका कुल ९१४ वटा मौसम मापन केन्द्रहरूमध्ये २५५ स्थानमा दिउँसो २ बजेसम्मको तापक्रम ३५ डिग्री वा सोभन्दा माथि पुगेको थियो ।

गर्मीले उत्पन्न गर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जापानको वातावरण मन्त्रालय र मौसम विभागले ४२ वटा प्रान्तहरूमा ‘हिटस्ट्रोक’ (लू लाग्न सक्ने) चेतावनी जारी गरेका छन् । यो सङ्ख्या यस वर्षकै सबैभन्दा बढी हो ।

अधिकारीहरूले सर्वसाधारणलाई दिउँसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, घरभित्र रहँदा उचित ढङ्गले एयर कन्डिसनर (एसी) को प्रयोग गर्न र समय-समयमा पानी तथा लवणयुक्त तरल पदार्थ पिउन कडा आग्रह गरेका छन् । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकाहरूमा ‘डिहाइड्रेशन’ र लू को जोखिम बढी हुने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया