Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकामा बस्दै आएकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको करोडौँ रुपैयाँको लेनदेन तथा ठगी विवादमा सांसद आशिका तामाङको नाम पनि जोडिएको छ। क्यान्सरपीडित बुबाको उपचारको बहानामा विश्वास जितेर बास्कोटाले २ करोड ८ लाख रुपैयाँ ठगी गरेको र पछि घरबाट चेकबुक चोरी गरी आफ्नो तथा आशिका तामाङको नाममा किर्ते चेक बाउन्स गराएर ब्ल्याकमेल गरेको पीडित परिवारको आरोप छ।

परिवारका अनुसार ठगी तथा किर्ते सम्बन्धी जाहेरी लिएर प्रहरी परिसर काठमाडौं पुगे पनि उजुरी दर्ता नभएपछि उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा गुहारेका थिए। आयोगको निर्देशनपछि प्रहरीले सोमबार जाहेरी दर्ता गर्ने आश्वासन दिएको पीडित पक्षको भनाइ छ।

यता, जीवनप्रसाद बास्कोटाले भने आफूमाथिका सबै आरोप अस्वीकार गरेका छन्। उनले यो व्यक्तिगत आर्थिक लेनदेनको विषय मात्र भएको दाबी गर्दै चेक चोरी, ठगी र ब्ल्याकमेलका आरोप झुटो भएको बताएका छन्। साथै सांसद आशिका तामाङसँग आफ्नो कुनै सम्बन्ध वा मिलेमतो नरहेको उनको भनाइ छ। यस विषयमा सांसद तामाङको धारणा भने सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया