टोकियो – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउमा स्थिरता देखिएको छ । पछिल्लो केही दिनयताको सामान्य उतारचढावबीच येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५१ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा तोकिएको छ । येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य शक्तिशाली मुद्राहरूको भाउ पनि आज उच्च विन्दुमै अडिएका छन् । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३६ पैसा रहेको छ । अमेरिकी डलरको यो मूल्य नेपाली मुद्राको इतिहासमा निकै महँगो विन्दुमध्ये एक हो ।
नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो मानिने कुवेती दिनारले आज ५०० को ऐतिहासिक विन्दु पार गरेको छ । आज कुवेती दिनारको बिक्री दर ५०१ रुपैयाँ ९८ पैसा कायम भएको छ । युरोपियन युरोको बिक्री दर १७६ रुपैयाँ ५८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको २०७ रुपैयाँ ६८ पैसा पुगेको छ । स्विस फ्र्याङ्कको बिक्री दर १९१ रुपैयाँ १८ पैसा रहेको छ ।
खाडी र मलेसियाको मुद्रा दर :-
- कतारी रियाल: ४२ रुपैयाँ ३४ पैसा
- युएई दिराम: ४२ रुपैयाँ ०३ पैसा
- साउदी रियाल: ४१ रुपैयाँ १० पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ६९ पैसा
- बहराइन दिनार: ४०९ रुपैयाँ ३३ पैसा
- ओमानी रियाल: ४०० रुपैयाँ ९१ पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर ११० रुपैयाँ ०९ पैसा, अस्ट्रेलियन डलर १०७ रुपैयाँ ७८ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ३७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








