Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सामाजिक सञ्जाल फेसबुक आइतबार दिउँसो विश्वका विभिन्न देशमा अचानक अवरुद्ध भएको छ। प्राविधिक समस्याका कारण लाखौँ प्रयोगकर्ताले लगइन गर्न, प्रोफाइल खोल्न तथा फेसबुकका विभिन्न सुविधा प्रयोग गर्न कठिनाइ भोगेका छन्। इन्टरनेट सेवाको अवस्था निगरानी गर्ने संस्था ‘डाउनडिटेक्टर’का अनुसार आइतबार बिहान साढे १० बजेदेखि फेसबुकमा समस्या आएको भन्दै उजुरीको सङ्ख्या ह्वात्तै बढेको थियो।

प्रयोगकर्ताले तस्बिर तथा भिडियो अपलोड गर्न नसकेको, साथै मेसेन्जरमार्फत सन्देश पठाउन समस्या भएको गुनासो गरेका छन्। यो समस्या विशेषगरी कम्प्युटर तथा ल्यापटपबाट प्रयोग हुने फेसबुकको डेस्कटप संस्करणमा बढी देखिएको छ। डेस्कटपमा फेसबुक खोल्दा सेवा अस्थायी रूपमा अवरुद्ध भएको सन्देश देखिएको प्रयोगकर्ताले बताएका छन्।

डाउनडिटेक्टरका अनुसार अधिकांश गुनासा वेबसाइट संस्करणसँग सम्बन्धित छन् भने केही समस्या मोबाइल एपमा पनि देखिएको छ। यद्यपि, फेसबुकको मातृ कम्पनी मेटाले समाचार तयार पार्दासम्म सेवा अवरुद्ध हुनुको कारणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।

तपाईको प्रतिक्रिया