Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा अर्थपूर्ण भेटवार्ता भएको छ। लामिछाने दम्पती र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले हिजो शनिबार रिसोर्टमा पुगेको बताइएको छ।

पत्नी निकिता पौडेलसहित रिसोर्टमा बसेका लामिछाने अहिले काठमाडौँ फर्किसकेको सुरक्षा स्रोतले जानकारी दिएको छ । अर्थमन्त्री वाग्ले पनि सोही दिन त्यहाँ पुगेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री वाग्लेसहित केही मन्त्रीलाई सरकारबाट हटाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला साथै सरकारको कामकारबाहीप्रति असन्तुष्टि बढिरहेका समयमा भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया