Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्योपचारपछि स्वदेश फर्कने भएका छन् । नेपाल फर्कनुअघि एक विशेष सन्देश जारी गर्दै उनले देशलाई अब निषेध र प्रतिशोधको नभई सहमति, एकता र सहकार्यको राजनीति आवश्यक रहेको औंल्याएका छन् ।

मुलुकको वर्तमान परिस्थितिप्रति इङ्गित गर्दै पूर्वप्रधानमन्त्री देउवाले अविश्वास र विभाजनले राष्ट्र निर्माण हुन नसक्ने स्पष्ट पारेका छन् । ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ,’ देउवाद्वारा जारी सन्देशमा भनिएको छ, ‘इतिहासबाट प्राप्त अनुभव र नयाँ पुस्ताको सिर्जनशील क्षमता तथा प्रविधिलाई जोडेर राष्ट्रिय संवाद र साझा सहकार्य अघि बढाउनु आज झनै सान्दर्भिक बनेको छ ।’

उनले निषेधको राजनीतिबाट माथि उठेर साझा भविष्यका लागि राष्ट्र निर्माणको साझा संकल्प लिन सम्पूर्ण राजनीतिक वृत्तलाई आह्वानसमेत गरेका छन् ।

वर्तमान सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बाटोमा हिँड्न सक्ने आशंका व्यक्त गर्दै देउवाले जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमा भने आफ्नो पूर्ण भरोसा रहेको उल्लेख गरेका छन् । देशले अझ फराकिलो दृष्टिकोण, गहिरो सहकार्य र दृढ राष्ट्रिय संकल्प खोजेको भन्दै उनले यही विश्वासका साथ आफूले पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको बताएका छन् ।

स्वास्थ्योपचारका लागि विदेशमा रहेका देउवा गत फागुन १३ गते राति सिंगापुर प्रस्थान गरेका थिए । त्यहाँको उपचारपछि थप स्वास्थ्य परीक्षण तथा उपचारकै सिलसिलामा उनी चैत ७ गते हङकङ पुगेका थिए । स्वास्थ्य लाभपछि उनी अब नियमित राष्ट्रिय राजनीतिमा सक्रिय हुने गरी नेपाल फर्कन लागेका हुन् ।

तपाईको प्रतिक्रिया