टोकियो – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार येनको भाउमा क्रमिक सुधार देखिएको छ । पछिल्लो समय केही कमजोर बनेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको भाउमा प्रति १० इकाइ २ पैसाको सुधार आएको हो ।
येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउले पनि आज उचाइ कायम गरेका छन् । अमेरिकी डलरको बिक्री दर आज प्रतिडलर १५४ रुपैयाँ ८१ पैसा पुगेको छ । आज डलरको खरिद दर १५४ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यसैगरी, नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो मानिने कुवेती दिनारले पनि ५०० को विन्दुभन्दा माथि कीर्तिमान बनाएको छ । आज कुवेती दिनारको बिक्री दर ५०२ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरोको बिक्री दर १७६ रुपैयाँ ५६ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०७ रुपैयाँ ०० पैसा पुगेको छ। स्विस फ्र्याङ्कको बिक्री दर १९० रुपैयाँ ५२ पैसा रहेको छ ।
खाडी र मलेसियाको मुद्रा दर :-
- कतारी रियाल: ४२ रुपैयाँ ४७ पैसा
- युएई दिराम: ४२ रुपैयाँ १५ पैसा
- साउदी रियाल: ४१ रुपैयाँ २५ पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ८८ पैसा
- बहराइन दिनार: ४१० रुपैयाँ ५८ पैसा
- ओमानी रियाल: ४०२ रुपैयाँ १० पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर १०९ रुपैयाँ ८१ पैसा, अस्ट्रेलियन डलर १०८ रुपैयाँ २८ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ४५ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








