Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

टोकियो – झन्डै आठ महिना लामो कूटनीतिक गतिरोधपछि जापान र चीनका परराष्ट्रमन्त्रीहरूबीच पहिलोपटक प्रत्यक्ष संवाद भएको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान विदेशमन्त्री स्तरीय बैठकको साइडलाइनमा जापानी परराष्ट्रमन्त्री तोशिमित्सु मोटेगी र चिनियाँ समकक्षी वाङ यीबीच संक्षिप्त कुराकानी भएको हो ।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि हुन सक्ने सम्भावित आक्रमणमा जापानको संलग्नताबारे दिएको कडा अभिव्यक्तिपछि दुई देशबीचको संवाद पूर्णतः ठप्प भएको थियो ।

परराष्ट्रमन्त्री मोटेगीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू र वाङ यीबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा छोटो छलफल भएको जानकारी दिए। मोटेगीले भने, ‘क्षेत्रीय शान्ति र स्थिरताका लागि जापान र चीनले खेल्ने भूमिका महत्त्वपूर्ण छ, त्यसैले जस्तोसुकै तनावपूर्ण अवस्थामा पनि संवादलाई निरन्तरता दिनु आवश्यक छ ।’

यो भेटघाटले आगामी नोभेम्बरमा चीनको शेन्जेनमा आयोजना हुने ‘एपेक’ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ताकाइची र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुन सक्ने सम्भावित वार्ताका लागि ढोका खोलेको विश्लेषण गरिएको छ ।

गत नोभेम्बरमा प्रधानमन्त्री ताकाइचीले संसदमा बोल्दै ‘ताइवानमाथिको चिनियाँ आक्रमण जापानका लागि ‘अस्तित्वकै सङ्कट’ बन्न सक्ने’ र त्यस्तो अवस्थामा जापानले अमेरिकाको समर्थनमा सैन्य परिचालन गर्न सक्ने सङ्केत दिएकी थिइन् ।

चीनले यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै कडा आपत्ति जनाएको थियो । त्यसयता बेइजिङले जापानमाथि चर्को आर्थिक दबाब दिँदै आएको छ। चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न सुझाव दिएको छ भने प्रविधि र रक्षा उद्योगका लागि अत्यावश्यक ‘रेयर अर्थ’ खनिज र अन्य सामग्रीको निर्यातमा समेत कडा प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया