Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि आफ्नो २४औँ आमरण अनसन सुरु गरेका छन्। उनले कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट दिउँसो ३ बजेदेखि सत्याग्रह थालेका हुन्।

डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत नियुक्ति गरिएको भन्दै ती निर्णय सच्याउनुपर्ने मागसहित उनले पुनः अनसन सुरु गरेका हुन्।

यता, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला अनसनले प्रक्रिया प्रभावित हुन सक्ने भन्दै राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा तथा स्थानीयले डा. केसीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए। तर, आफ्ना माग पूरा नभएकाले उनले सत्याग्रह सुरु गरेका हुन्।

तपाईको प्रतिक्रिया