समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन्।परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार यो भ्रमण पार्टीस्तरको भए पनि आवश्यक समन्वयमा मन्त्रालयले सहयोग गरिरहेको छ।
भ्रमण साउनमै हुने वा भदौमा गर्ने भन्ने विषयमा भने अझै अन्तिम निर्णय भएको छैन। दुवै पक्षबीचको समन्वयपछि मिति तय गरिने र त्यसको औपचारिक घोषणा पार्टीकै तर्फबाट हुने जनाइएको छ।
यसअघि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्किएका थिए। भारत भ्रमणपछि नै उनलाई चीनबाट औपचारिक निमन्त्रणा प्राप्त भएको र सोहीअनुसार भ्रमणको तयारी भइरहेको बताइएको छ। रास्वपाका विदेश विभाग प्रमुखसमेत रहेका परराष्ट्रमन्त्री शिशिर खनालले पनि यसअघि जेठको अन्तिम साता चीन भ्रमण गरेका थिए।








