Deneme Bonusu Veren Siteler
बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

टोकियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने पानीजहाजबाट २० प्रतिशत शुल्क निर्णयबाट पछि हटेका छन् । त्यसको सट्टा खाडी मुलुकहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने उनले बताएका छन् ।

इरानसँग जारी युद्धका बीच तेहरानले होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेपछि ट्रम्पले सोमबार इरानी पानीजहाजमाथिको नाकाबन्दी पुनः लागू गर्दै उक्त मार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाउने प्रस्ताव गरेका थिए ।

तर प्रस्तावको चौतर्फी आलोचना भएपछि उनले एक दिनमै आफ्नो योजना परिवर्तन गरेका हुन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठनले अन्तर्राष्ट्रिय आवागमनका लागि प्रयोग हुने जलडमरूमध्यमा अनिवार्य शुल्क लगाउने कुनै कानुनी आधार नभएको जनाएको थियो ।

अमेरिकी नौसेनाले इरानका बन्दरगाह र तटीय क्षेत्रमा नाकाबन्दी लागू गर्नुभन्दा पाँच घण्टाअघि ट्रम्पले होर्मुज जलडमरूमध्य इरानीबाहेक अन्य सबै पानीजहाजका लागि खुला रहने बताएका थिए ।

“मध्यपूर्वका नेताहरूसँग भएका अत्यन्तै सकारात्मक वार्ताका आधारमा मैले अमेरिकालाई तिर्नुपर्ने २० प्रतिशत शुल्कलाई विभिन्न खाडी मुलुकले अमेरिकामा गर्ने व्यापार तथा लगानी सम्झौताले प्रतिस्थापन गर्ने निर्णय गरेको छु,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

उनले लगानी ‘अत्यन्त ठूलो’ हुने दाबी गरे पनि कुन खाडी मुलुकले कति लगानी गर्ने प्रतिबद्धता जनाएको हो भन्ने विवरण खुलाएका छैनन् ।

ट्रम्पले जलडमरूमध्य प्रयोग गरेबापत शुल्क उठाउने अवधारणा समेत आफूलाई मन नपरेको बताएका छन् । उनका अनुसार विभिन्न मुलुकका नेताले शुल्क तिर्नुभन्दा अमेरिकामा लगानी गर्न इच्छुक रहेको जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया