समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। अन्सारीले गत सोमबार सामाजिक सञ्जालमार्फत आफू असार २७ गते शनिबार साँझ प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएको र शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिएका थिए।
उनका अनुसार साँझ करिब ५ बजे १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको थियो। उपचारपछि बुधबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।








