Deneme Bonusu Veren Siteler
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत लगातार ज्यान मार्ने धम्की आएको भन्दै प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्।

मंगलबार विशेष समयमा बोल्दै उनले जनप्रतिनिधिका रूपमा सरकारका कामको समर्थन वा आलोचना गर्दा आफूलाई निशाना बनाइएको बताए। महरका अनुसार ‘पराजुली राम’ नामको फेसबुक आईडीबाट गोली हान्ने धम्की आएको छ भने ‘पूर्णविक्रम क्षेत्री’ नामका व्यक्तिबाट पनि भौतिक आक्रमणको चेतावनी प्राप्त भएको छ।

संसदमा उनले यस्तो धम्कीलाई गम्भीर विषय भएको उल्लेख गर्दै सम्बन्धित निकायले तत्काल छानबिन गरी आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने माग गरे। महरले आफूहरू सरकारको अन्धाधुन्ध विरोधमा नभई जनसरोकारका विषय उठाउँदा यस्ता धम्की सामना गर्नुपरेको गुनासो पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया