Deneme Bonusu Veren Siteler
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले जनकपुरधामबाट पैदलै काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बिच बाटोमै रोकेर वार्ता गरेका छन्। मंगलबार बिहान उनीहरूलाई बाराको निजगढमा रोकेर गृहमन्त्री गुरुङले वार्ता गरेका हुन्। छलफलमा पीडितहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।

असार २५ गतेदेखि जनकपुरबाट न्याय यात्रामा निस्किएका मिटरब्याज पीडितले सरकार गठन भएको १०० दिन बितिसक्दा पनि आफ्नो समस्या समाधानका लागि ठोस कदम नचालिएको गुनासो गरेका छन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री बन्नुअघि जनकपुरमा मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसको कार्यान्वयन हुनुपर्ने मागसमेत राखेका छन्।

तपाईको प्रतिक्रिया