Deneme Bonusu Veren Siteler
शुक्रबार, असार २६, २०८३
Friday, July 10, 2026

टोकियो – अमेरिकी सेनाले इरानविरुद्ध नयाँ चरणको शृङ्खलाबद्ध सैन्य आक्रमण सुरु गरेको छ । होर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि इरानले हमला गरेको आरोप लगाउँदै अमेरिकाले इरानका दक्षिणी बन्दरगाह सहरहरूमा कडा प्रहार गरेको हो ।

यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्धविराम सम्झौता औपचारिक रूपमै अन्त्य भएको घोषणा गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सिरिक, बन्दर अब्बास, कोनाराक र चाबहारलगायतका दक्षिणी तटीय सहरहरूमा ठूला विस्फोट भएका छन् । युएईसँग विवादित मानिएको अबु मुसा टापुमा समेत क्षेप्यास्त्र खसेको छ । आक्रमणबाट चाबहारमा विद्युत् आपूर्ति बन्द भएको र बुशेहरस्थित इस्लामिक रिभोल्युसनरी गार्ड्स (आईआरजीसी) को ब्यारेकमा आगलागी भएको विवरण सार्वजनिक भएका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डले अन्तर्राष्ट्रिय जलमार्गमा आवतजावत गर्ने व्यापारिक जहाजमाथिको आक्रमणको जबाफ दिँदै इरानको अवाञ्छित क्षमता कमजोर बनाउन यो कदम चालिएको स्पष्ट पारेको छ ।

आक्रमणलगत्तै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत चेतावनी दिँदै लेखेका छन्, ‘हिजो इरानले जहाजहरूमाथि बम प्रहार गरेको बदलामा यी आक्रमण भएका हुन्, फेरि यस्तो दोहोरिए स्थिति झनै खराब हुनेछ ।’ टर्कीमा आयोजित नेटो सम्मेलनका क्रममा ट्रम्पले इरानी नेतृत्वप्रति कडा आक्रोश पोख्दै अब उनीहरूसँग कुनै सम्झौता नगर्ने प्रस्ट पारे । ‘उनीहरू हिंस्रक र बिरामी मानिस हुन्, अब कुनै ‘डील’ हुँदैन, यो सम्झौता सकियो,’ ट्रम्पले भनेका छन् ।

यता, इरानले अमेरिकी आक्रमणको कडा र तत्काल जबाफ दिने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराग्चीले ट्रम्पको भनाइप्रति लक्षित गर्दै आफूहरूले ‘अश्लीलताको जबाफ निडरता र बहादुरीका साथ दिने’ बताएका छन् ।

गत जुन १७ मा दुई देशबीच ६० दिने युद्धविरामसहित १४ बुँदे समझदारी भएको थियो । तर होर्मुज जलमार्गमा पानीजहाजमाथिको आक्रमण र एकअर्काका सैन्य अखडामा भएको प्रत्याक्रमणको शृङ्खलासँगै उक्त सम्झौता अवधि नपुग्दै भताभुङ्ग भएको छ ।

तपाईको प्रतिक्रिया