Deneme Bonusu Veren Siteler
शुक्रबार, असार २६, २०८३
Friday, July 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले वृद्धि भएको हो। मूल्यवृद्धिसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। बिहिवार यही सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ३४० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया