Deneme Bonusu Veren Siteler
शनिबार, असार २७, २०८३
Saturday, July 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि उनले शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् । अहिले उनको अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उद्धारपछि उनी बोल्न सक्ने अवस्थामा रहेकाले सुरुमा अवस्था धेरै गम्भीर नभएको अनुमान गरिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि चिकित्सकले आईसीयूमा भर्ना गरेका हुन्। पेटभन्दा माथिको भाग धेरै जलेका कारण उनको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ।

उनले आफ्नै मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि उनले यस्तो कदम चालेको प्रारम्भिक जानकारी छ। घटनालगत्तै ड्युटीमा रहेका प्रहरीले पानी खन्याएर आगो नियन्त्रणमा लिई उनलाई तत्काल वीर अस्पताल पुर्‍याएका थिए।

 

तपाईको प्रतिक्रिया