Deneme Bonusu Veren Siteler
शुक्रबार, असार २६, २०८३
Friday, July 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग नियमित संवादको क्रमलाई निरन्तरता दिँदै उनले ऊर्जा क्षेत्रका सरोकारवालासँग भेट्न लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती र समाधानका उपायबारे विस्तृत कुराकानी हुने बताइएको छ। ऊर्जा उद्यमीका अनुसार प्रधानमन्त्रीले क्षेत्रका समस्या प्रत्यक्ष रूपमा बुझ्न र समाधानका सम्भावित उपायबारे सुझाव लिन उनीहरूलाई छलफलका लागि आमन्त्रित गरेका हुन्।

बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष उत्तम लामा लगायत ऊर्जा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया