Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – बाल्टिमोर तमु समाजको आयोजनामा अमेरिकाको बाल्टिमोर शहरमा तमु ल्होसार मनाईएको छ । कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रमका साथ गुरुङ भाषाका गीतहरु र गुरुङ संस्कृतीको छ्यादु नृत्य, छ्याले नृत्य, कौडा र मारुनी नृत्यमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । 

नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट शुरु गरिएको स्वागत समारोहमा भर्खरै नेपाल देखी आउनु भएकी आदिबासी जनजाती महिला महासंघकी केन्द्रिय उपसभापती कुसुम भट्ट चनलाई खादा र ब्याच लगाईदिएर अमेरिकामा स्वागत समेत गरिएको थियो । 

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा भएको स्वागत समारोहमा ल्होसार सयोजक कुल प्रसाद गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया