Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र छिट्टै पद र अवसर खोज्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले तत्काल भनेजस्तो पद नपाए पार्टी नै छाड्नेसम्मको मानसिकता घातक भएको बताएका हुन् ।

पार्टीमा निरन्तर क्रियाशील हुनुभन्दा पनि पदीय आकांक्षा हाबी भएको औंल्याउँदै आचार्यले भने, ‘चार वर्षभित्रै मन्त्री वा सभापति बन्न पाइनँ भने पार्टी नै काम लाग्दैन भनेर छाड्न खोज्ने साथीहरूको बिगबिगी बढेको छ ।’ उनले ‘आफूबाहेक अरू नेतृत्वमा पुग्दा देश वा पार्टी नै बिग्रिन्छ’ भन्ने भ्रम त्याग्नसमेत कार्यकर्तालाई सचेत गराएका छन् ।

राजनीतिमा धैर्यता अपरिहार्य रहेको भन्दै उनले यस विषयमा पुराना दलहरूबाट सिक्न सुझाव दिए । ‘पुराना पार्टीका नेताहरूमा ३०-३५ वर्षपछि टिकट पाउँदा पनि पार्टीप्रतिको अगाध माया देखिन्थ्यो,’ पुराना दलको उदाहरण दिँदै आचार्यले थपे, ‘तर हामीकहाँ चार वर्षमै भनेजस्तो पद नपाउँदा राजनीतिक भविष्य नै सकिएजस्तो गर्ने हतारो देखियो, यो सही होइन ।’

तपाईको प्रतिक्रिया