Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

Screenshot_669_

तपाईको छोरी जो १२ क्लास पढेर जापान आएकोलाई कस्तो ज्वाँइको खोजीमा निसकिनुभएको होर अहिले सम्म पनी गतिलो ज्वाँइ भेटाउनू हम्मेहम्मे परेको छ तपाईलाई। साचै तपाईको छोरीले त महीनाको १ लाख त कहिले महीनाको २ लाख कमाऊछिन रे हुनपनी हो येती धेरै पैसा क़माउने छोरीलाई गतिलो ज्वाँइसाप खोज़्नू त मुस्किल पर्छ ।

कहाँ कहाँ धाऊनु भएन होला र असल ज्वाँइ ख़ोज़्नको लागी र अझै कति ठाऊ जानूपर्ने हो त्यो त समयले नै बताऊला, हजूर त सरकारी हाकिमे केटा पनि हेरनु भएको रहेछ तर उ जापान जाने सोच छैन भनेपछि छोरीदिनु मन्नु भएछ हैन १०-४ सम्म आनन्दले घुम्ने कुर्सीमा बसेर फ़ाइलमा सही हान्ने हाकिम तपाईको छोरीको पछीपछि लगेर जापानमा दैनिक १२ घण्टा काम गर्न जानलाई उसलाई बहुला कुकूरले टोकेको छ र ?

अनी बिहे गर्न मानोस हजुरको छोरीसंग। त्यसपछि तपाई इन्जिनियर केटो पनि हेर्नु भएको रहेछ र उसले आफु यही नेपालमै बसेर केहि गरने र बीहे पछी बुडी पनि नेपालमै बस्नू पर्ने भनेकाले छोरी दिनु मन्नु भएनछ तपाईलाई के लागछ , उ एउटा इन्जिनियर हो तपाईको छोरीको डिपेंडेंट भिसामा जापान आएर रति राति बेनतो र यामातो धाउन कहा मानोस त्यस्तो ज़िंदिगी जीउन को लाईं…. अन्तमा कही असल केटा नपाए पछि उतै बस्ने नेपाली केटोसंग बीहे गर नानी भन्ने सल्लाहा पनि दिनुभाएको रहेछ छोरीलाई त्यसको जवाफमा हजूरकी छोरीले दिएक़ो प्रतिक्रियामा मा अस्चर्य चकित भएको छु ।

हैन जापानमा बसने सबै केटाहरू धूम्रपानको कूलतमा फ़सेको हुनछन र कतिपय जापानमै बसेर पढेर राम्रो राम्रो काम मा पनि लगेका छन आफनै व्यापार गरेर बसेका पनि छन्। जापानमा बस्ने केटाहरू शारीरिक सम्बन्ध धेरैसंग राखेकाले जापानमा भएको केटासंग हजुरकी छोरीले बीहे नगरनी रे हजुरको छोरीलाई यो कुरा बुझाइदीनू होलाकी कहिलय पनि एक हातले ताली बजदैन भनेर …आशा छ तपाईले भविष्यमा एउटा राम्रो ज्वाँइ र हजुरको छोरीले राम्रो बूढा पाउनु हुनेछ …. कसैको बास्तबिक जिवनमा मेल खाएमा संयोग मात्र हुनेछ !!!

कान्तिपथबाट साभार गरिएको !

तपाईको प्रतिक्रिया