Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो – नेपाल र नेपालीलाई माया गर्ने जापानी व्यवसायीहरुद्वारा गठित आसिकागा नेपारु कोरिउ क्योखाईले नि:शुल्क स्वास्थ्य जांच तथा परामर्श शिविरको आयोजना गर्‍यो । शिविर आसिकागा कोग्यो दाईगाकुको प्राङगणमा सम्पन्न भएको थियो ।
शिविरमा गत साल महाभूकम्पबाट प्रभावित भएको नेपाल र नेपालीलाई कुनै माध्यमबाट सहयोग गर्न चाहेको र नेपालका वास्तविक भूकम्प प्रभावितसम्म सहयोग पुर्‍याउन पर्ने कठीनाई महसुश गर्दै जापानमा नै बसोबास गर्ने नेपाली समुदायलाई आवश्यक सहयोग गरौं भन्ने निश्कर्षका साथ सो शिविरको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष वातानाबे योसिमिले बताउनु भयो । शिविर नेपालीहरुको बाक्लो बस्ति भएको गुन्मा र तोचिगी क्षेत्रमा गरिएको थियो ।
शिविरका लागि नौ जना डाक्टरहरु प्रकाश शाक्य, सन्दीप शाक्य, सुमन श्रेष्ठ, बिजय ज्ञवाली, सुजाता साख, दिपेन्द्र गौतम, रिचा शाह, अभिषेकी श्रेष्ठ र अमृत बरालले सहयोग गर्नु भएको थियो । अप्रिल ३० र मे १ गरि दुई दिन चलेको शिविरमा करीब १ सय ५० जना नेपालीको सहभागिता रहेको थियो । शिविरबाट नेपालीहरु अति नै खुशी भएको र यस किसिमको शिविर ६ महिनामा एक पटक गर्न आयोजकलाई नेपालीहरुले सुझाएको शिविरका संयोजक विकास लम्सालले बताउनुभयो ।
शिविरको समापन कार्यक्रम भने जापानका लागि कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा शिविरमा सहयोग गर्नुहुने व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

helth 2 helth 3 helth 4 helth 6 helth 5 helth 7

तपाईको प्रतिक्रिया