टेक्सास-अमेरिकाको टेक्सासमा नेपालीद्धारा स्थापना भएको डालस एभरेष्ट लायन्स क्लबले नेपालमा रहेको सगरमाथा प्रतिष्ठान नेपालद्धारा सञ्चालित एभरेष्ट चाईल्ड केयर होमलाई आर्थिक सहयोग गरेको छ । क्लवद्वारा संकलित रकम सन्तानब्बे हजार पाँच सय पचास रुपैँया हालै एक कार्यक्रमकाबीच क्लबका फाउन्डर चार्टर उपाध्यक्ष शिव पुलालले हस्तान्तरण गरेका हुन् ।
‘सहयोग नै धर्म हो’ भन्ने सोचका साथ करीव दश वर्षअगाडि अमेरिकाको टेक्सासमा स्थापना भएको डालस एभरेष्ट लासन्स क्लबले नेपालमा धेरै असाहाय वालवालिकाहरुलाई सहयोग गर्दै आइरहेको छ । क्लबका अध्यक्षमा के.आर. बास्तोला, सचिव बि.एन. पन्त र पूर्व अध्यक्षहरु शशी भट्टराई, शिव काफ्लेलगायतको पहलमा रकम संकलन गरिएको थियो । पूर्व अध्यक्ष रामचन्द्र पोखरेलले समाजसेवा गर्न आफ्नो कर्तव्य भएको बताउँदै “कोहिको भने डाक्टरको चाकडी कोहि चाहि मर्छन अस्पताल नहेरी हाम्रो नेपालमा” भन्ने चलचित्र बलिदानको गीत सम्झँदै हामी महलमा बस्छौं तर ती अनाथ केटाकेटीहरु सडकमा रात काट्छन् कति कस्ट होला ती नानीहरुलाई एकपटक सबैले मनन गरौं भन्दै दुःखसो पोख्दै आफ्नो मन्तव्य राखेका थिए ।
आठ वर्षअगाडी स्थापना भएको एभरेष्ट चाईल्ड केयर होममा हाल ६० जना अनाथ वालवालिकाले आश्रम पाइराखेका छन् । ४ महिनाको बच्चादेखि १४ वर्षम्मको अनाथ केटाकेटीहरु रहेको उक्त केयर होममा संघ संस्थाहरूको उल्लेखय सहयोग नभएको कार्यक्रममा उपस्थितहरूले बताए । कार्यक्रममा केयर होमका अध्यक्ष एनपी लिम्बुले विस्तारै सहयोगको हातहरू बढिरहेको सन्दर्भमा सहयोग गर्ने डालस एभरेष्ट लायन्स क्लबलाइ पनि धन्यवाद दिएका थिए ।***
तपाईको प्रतिक्रिया









