Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

लालबहादुर ढेंगा
दुबई – वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले माघे सक्रान्ती पर्वलाई नेपाली विभिन्न परिकारका स्वादसंगै विविध सांगीतिक माहौलमा मनाएका छन् । सो पर्वलाई गएको २३ जनवरी शुक्रबारका दिन अलाईनको फुडवड रेष्टुरेण्टमा नेपाल मगर संघ युएई अलाईन क्षेत्रीय समितिद्धारा आयोजना गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल मगर संघ युएईका संरक्षक लालबहादुर ढेंगा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ युएई अलाईन क्षेत्रीय समितिका अध्यक्ष मोहन बुढाथोकी मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा उपसंरक्षक धनेन्द्र मास्की राना, कार्यवाहक अध्यक्ष राजु सिंजाली मगर र सल्लाहकार प्रमुख चन्द्रबिक्रम सारु मगर रहनुभएको थियो । अन्य अतिथिहरुमा केन्द्रीय पदाधिकारीहरु, क्षेत्रीय प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु रहेका थिए ।

Mangh 8सांस्कृतिक कार्यक्रमलाई ‘तुलसी आगनमा रोपौला’ भन्ने गीतमा विमल अधिकारी र नम्रता तामाङको युगल जोडीको नृत्यबाट सुरुवाट गरिएको थियो । ‘राम्री पनि भाकी छु’ गीतमा शोभा लामाको नृत्यले दर्शकको मन जित्न सफल भएको थियो । गायक रुद्र थापाले गाएको ‘आत्मामा–आत्मामा’ले सबैलाई मन्त्रमुंध बनाएको थियो भने ‘साननानीले झुक्यायो मलाई तातो पानी तिनपाने भनेर’ चुट्का गीतले दर्शकहरुलाई छमछमती नचाउनसम्म भ्याए ।

Manghe 1त्यसैगरी ‘आकाशको जुन तारा छुन मन लाग्छ’ भन्ने गीतमा रोशनी साही ठकुरीको नृत्य सबैलाई राम्रो लाग्यो । कमल कार्कीले गाएको ‘जिम्बाल बाको आगनीमा’ र ‘ए बी सि डी पढ्दिनभन्दा’, रनवीर लिम्बुले गाएको ‘तिम्रो माया’ र ‘दर्शन नमस्ते’, बिक्रम परियारले गाएको ‘देउरालीको भट्टी पसल’, ‘चितको सारी मखमली चोलीलाई’ गीतमा सानु राईको नृत्य र ‘आंखैको गुलेलीमा नजरको मत्याङ्राले’ गीतमा भुवन मगर र नम्रता तामाङको नृत्य पनि निकै सान्दर्भिक लाग्दथ्यो ।

नेपाली राष्ट्रिय गानबाट थालनी गरिएको कार्यक्रममा औपचारिक कार्यक्रमलाई गम्भीर सिंजालीले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमलाई बलराम बस्नेत र नारायण प्रभुले संचालन गर्नु भएको थियो ।

manghe 5 Manghe 4 Manghe 2 Manghe 3 Manghe 7

तपाईको प्रतिक्रिया