Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

लिभरपुल – बेलायतको धेरै नेपालीहरु रहेको लिभरपुलमा नेपाली समाज गठन भएको छ । लिभरपुलमा करिव  ७० भन्दा बढि  सपरिवार बस्दै आएका नेपालीहरुको बस्ती छ ।

प्रवासको बसाईमा सुख, दुख साटासाट गर्ने, भैपरी आउने समस्यामा पारस्परिक सहयोग आदानप्रदान गर्ने र नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आपसी भाइचाराको बिकास गर्ने उध्देश्यले लिभरपुल नेपाली समाज गठन भएको लिभरपुलबाट सुरेश पुनले समुद्रपारिलाई बताए ।

लिभरपुलमा अधिकांश पूर्व गोर्खा सैनिकका परिवारहरुको बस्ती रहेको छ । लिभरपुलबासीहरुको हालै भएको एक भेलाले उक्त समाजको गठन भएको हो ।

उक्त भेलामा प्रोफेसर पदम सिंखडा, कन्सल्ट्यान्ट शम्भु आचार्य, लेक्चरर डा. हेमराज शर्मा लगायतका बिशिष्ट ब्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

भेलाले आगामी नेपाली नयाँ वर्ष विविध कार्यक्रम गरी भब्यताका साथ मनाउने निर्णय पारित गरेको छ भने त्यसको तयारी बैठक आगामी आइतवार बस्ने जनाईएको छ ।

भेलामा समाजको कोष निर्माणका लागि उठाईएको स्वेच्छिक सहयोग रकम ७५० पाउण्ड संकलन भएको छ ।

नेपाली समाज गठन गर्ने उध्देश्यले कुमार घर्ती मगर, संगम लिम्बु र बब गुरुङको अग्रसरतामा लिभरपुलबासीहरुको भेलाको आयोजना गरिएको थियो ।***

समुद्रपारि डट कमले सुरु गरेको अनलाईन रेडियोको परिक्षण प्रसारण सुन्न यहां क्लिक गर्नुहोला : 

तपाईको प्रतिक्रिया