Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – गैर आवासीय नेपाली संघ घानाको प्रथम स्थापना दिवस हालै सम्पन्न भएको छ । सो अबसरमा घानाको पराम पराम बिचमा आयोजित एक बिशेष कार्यक्रममा घानामा गत जुन देखि बिना कारण अचानक स्थगित श्रम स्वीकृतिलाई सुचारु गर्न एनआरएनए घानाले नेपाल सरकार संग माग गरेको छ । जसले गर्दा घानामा काम गर्न आउने दक्ष नेपालीहरु अप्ठ्यारोमा परेका छन् । घानामा इन्जिनियर, डाक्टर, सेफ, एकाउन्टेन्ट, कृषिविज्ञ लगायत सय भन्दा बढी नेपालीहरु कार्यरत छन् । घाना अफ्रिकामै श्रमका लागि सुरक्षित. शान्त र राम्रो तलब सुबिधा दिने मुलुकमा रहेको छ ।

कार्यक्रममा एनआरएनएका अफ़्रिका क्षेत्रिय संयोजक हिक्मत थापाले एनआरएनए घानाले आफ्नो स्थापनाको एक वर्ष भित्र उदाहरणीय कार्य गरेको भन्दै, सुनकोशी बाढीले क्षतिग्रस्त बनसांघु माबि, जिरे, सिन्धुपाल्चोक र काठमाडौँ स्थित अपाङ्गहरुका लागि संचालित बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्रलाई गरेको सहयोग अनुपम रहेको बताउनुभयो । उक्त अबसरमा एनआरएनए घानाका अध्यक्ष डा. हरिकृष्ण बाँस्कोटाले एनआरएनएले घानाको श्रम स्वीकृतिका लागि नेपाल सरकार संग पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मन थापा एनआरएनए घानाका उपाध्यक्ष मिन मगर, कोषाध्यक्ष्य कपिल खराल, महिला संयोजक प्रियमबद़ा जोशी, सदस्यहरु गगन थापा, जगनाथ पाठक, प्रमोद गौतम लगायतले बोल्नुभएको थियो ।
स्थापना दिवसको उक्त भेलाले एनआरएनए केन्द्रिय भवनका लागि आर्थिक सहयोग जुटाउने , कर्णाली अन्चलका दुर्गम जिल्लाका गरिब विद्यार्थीका शिक्षा सहयोगका लागि कोष स्थापना गर्ने , घानामा नेपालको पर्यटक प्रबर्धन गर्ने लगायतका प्रस्ताबहरु समेत पारित गरेको छ ।***

तपाईको प्रतिक्रिया