Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

फोल्क्सट – बेलायतमा रहेका किंरातहरुले चासोक तङ्नाम अर्थात न्वागी पूजा गर्ने आफ़्नो परम्परागत पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

किरात याक्थुङ् चुम्लुङ केन्द्रीय कमिटी युकेको आयोजनामा भएको सो कार्यक्रममा धर्मगुरु रामकुमार सिंथेबे र धार्मिक संयोजक लालबहादुर चोङ्बाङले १ घण्टा लामो न्वागी पूजा गरेका थिए । चासोक तङ्नाम (न्वागी पूजा) अन्नबाली पाकेपछि घर भित्र्याउनु अघि अन्नबाली भूमिबाट पाकेको र आउने सालमा पनि यसरीनै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्याउनु र आफुले खानु अघि अन्नदिने भूमि र देवताहरुलाई चोखो चढाईने पर्वको रुपमा मनाईने गरेको कार्यक्रममा जानकारी गराईयो ।

कार्यक्रमको ज्येष्ठ नागरिक बिष्णुकुमारी लिम्बु र संस्थाका अध्यक्ष काजीमान यक्सोले दिप प्रज्ज्वलन गरी संयुक्तरुपमा उदघाटन गरेका थिए भने उपाध्यक्ष दिलसिङ् मेन्याङ्बोले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
यसैगरी मनोरञ्जनात्मक चरणमा पूर्ण साउदेन र महेश्वरी नेम्बाङले के लाङ नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी कार्यक्रममा संस्थाका नयाँ संरक्षक सदस्यहरुलाई प्रमाण-पत्र र अफगानको लडाईमा परी आफ़्नो खुट्टा गुमाए पनि बिभिन्न दौडमा प्रथम भई गोर्खाको इज्जत बढाउने कुशल लिम्बुलाई सम्मान-पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका महासचिव खगेन्द्र लावती, सहसचिव मान तबेबुङ, सहसचिव महेश वनेमले पालैपालो सञ्चालन गरेका थिए ।  चासोक तङ्नाम कार्यक्रम गत शनिवार बेलायतको आसफोर्ड सनफ़्रान्सिस चर्चहलमा भएको थियो । ***   


chasok_1chasok_2chasok_3

तपाईको प्रतिक्रिया