Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

पैसा कमाएर बाउबाजेका पालादेखिको ऋण तिर्नका लागि होस वा गाऊँबाट बेसीमा झरेर जग्गा जोडौंला, राम्रो घर बनाउँला, छोराछोरीको भबिष्य राम्रो बनाउँला भन्ने सुनौलो भबिष्य बोकेर आएको होस्, उद्देश्य जे राखेर आएको भए पनि हामी नेपाली हत्तपत्त बिदा बस्न चाँहदैंनौ जापानमा । तर हरेक कुरालाई कुशलतापूर्वक कार्यसम्पादन गर्न जान्ने हामी नेपालीहरु आज भारी हिउँ परेकोले चाहेर वा नचाहेर हाम्रा काम, अफिस वा रेष्टुरेन्ट आदिमा राम्रोसंग ब्यापार नहुने भएकोले बिदा लिन बाध्य भएका छौं ।

यसैले आज हामीलाई फुर्सद छ । फुर्सदको बेलामा हामीलाई फेसबुक साथी छँदैछ । यसै अवसर छोपी आज हामी हिउँसंगै रमाउन थालेका छौं । हाम्रा छोराछोरी वा साथीभाइ वा आफन्तसंगै रमाउन थालेका छौं । हिजोसम्म काला देखिने रुखका हाँगाहरु हिउँले सेताम्मे भएका छन् । त्यहि मनोरम दृश्यावलोकनमा रमाउँदै हामी फोटो खिच्न थालेका छौं । घरका छाना, गाडि, रेल गुड्ने लिगहरु सबै सेताम्मे भएका छन ।

अर्कोतिर रैथाने हुन् या बिदेशी युवायुवतीहरुको मजा अर्कै छ । अचम्मको कुरा त अझ के छ भने यस्तो करिव माइनस ५, ६ डिग्रीको जाडोमा पनि यहांका अधिकांश रैथाने युवतीहरु सकेसम्म छोटो कपडामा बेरिएर ढुक्कसंग हिडिरहेका देखिन्छन् । शरिरमा रगत जम्ने चिसो होस् वा आगो बल्ने गर्मी होस् उनीहरुलाई कुनै प्रबाह छैन । छोटोभन्दा छोटो कपडामा सुकिला तिघ्रा र पिडौंला देखाउँदै हिड्छन् । मानौ देखाउनकै लागि उनीहरुलाई भगवानले त्यति सुकिला र मिलेका पिडौंला दिएका हुन् ।

जे होस् आज टोकियोमा परेको हिउँको वर्षासंगै हाम्रा फेसबुकका पर्दाहरुमा पनि धान्नै नसक्ने गरी हिउँपर्ने निश्चित छ जसले गर्दा हामी फेसबुकेहरुलाई पनि ब्यस्त बनाउने अर्को निश्चित छ । छिसिक्क केहि पायो कि फेसबुकका पानाभरि छताछुल्ल नबनाएसम्म खाएको नपच्ने बानी परेका हामी फेसबुकेहरुका लागि यो भन्दा अर्को अवसर के जुर्न सक्ला र ? जुर्न त जुर्ला तर कुर्न पर्ला । चिया खायौं ? एक लाईक, निद्रा परेन अर्को लाईक, ‘अर्थ न बर्थको गोविन्द दाइ, टाउको दुख्ने औषधी नाइटोमा लाई’ भनिएझैं ताल न तुलका स्टाटस लेख्यो त्यहि खालको कमेन्ट अनि लाईक गर्नमा हामी माहिर छौं । अझ अचम्मको कुरा त बिचरा फलाना त बित्नुभएछ नि है ? त्यसमा पनि लाईक, फलाना ठाउँमा बस दुर्घटनामा परी यति जनाको निधन भयो रे  ! त्यहाँ पनि लाईक । फोटो खिच्यो हाल्यो अर्को लाईक, आफ़्नै अनुहार पनि हामी पटक पटक प्रदर्शन गर्न चाहान्छौं, अझ लाजै नमानी सिधै लाईक गरिमाग्छौं, जे होस् धन्य छौं हामी नेपाली फेसबुकेहरु । हामी सबैलाई आजकै दिनमा बधाई छ ।

हामी फुर्सदका समयमा मात्र हैन कामका बेला पनि हाकिमको आँखा छलीछली फेसबुक चलाउनेहरु कम छैनौ, उठेदेखि सुत्ने बेलासम्म सिरकभित्र पनि फेसबुक, शौचालयमा बस्दा पनि फेसबुक, ट्रेनयात्रामा पनि फेसबुक । संगैको रुमपार्टर त अब बिरानो भैहाल्यो नि ! मानौ उसंग अब कुनै सम्बन्ध कायम राखिरहनु कुनै आवश्यक छैन  न त उसंग बोल्ने फ़ुर्सद नै छ । किनभने फेसबुकमा आएका मित्र पो साख्खै गोत्र मिल्ने आफन्त हुन् त अचेल हाम्रा लागि । मानौं मर्दापर्दा आपतबिपतका बेलामा पनि फेसबुकका मित्रहरु नै आएर सतिगति गर्नेछन् । उनीहरुकै लाईकले सबैथोक गर्न पुग्ने छ । मान्छेसंग हैन अब मेशिनसंग हाम्रो लभ परेको छ । त्यसैले ‘के निहुँ पाऊँ कनिका बुकाऊँ’ भनिएझैं भएको छ आजको हिउँको वर्षा हामी फेसबुकेहरुका लागि । कि कसो ? एउटा लाइक यता पनि कसो नपाईएला र ? ***

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया