Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – सामान्यतया पिज्जा यस्तो परिकार हो, जो विरलै मात्र खराब बन्छ । तर जापानको एक विद्यालयमा विद्यार्थीहरूले बनाएको पिज्जा यति नुनिलो भयो कि त्यसलाई खाएका ६ जना विद्यार्थी अस्पताल नै भर्ना हुनुपरेको छ ।

घटना जापानको फुकुओका प्रान्तस्थित किताक्युशु सहरको हो । गत जनवरी २३ मा होन्जो जुनियर हाई स्कूलमा ‘होम इकोनोमिक्स’ (गृह विज्ञान) को कक्षा चलिरहेको थियो । सो कक्षामा विद्यार्थीहरूलाई पिज्जा बनाउन सिकाइँदै थियो । पिज्जा तयार भएपछि विद्यार्थीहरूले त्यसलाई खाएका थिए । तर, खाएको केही बेरमै विद्यार्थीहरू बिरामी पर्न थालेपछि ६ जनालाई उपचारका लागि अस्पताल लैजानुपरेको थियो ।

यो घटनाको मुख्य कारण भाषिक अन्योल र नुनको अत्यधिक मात्रा रहेको पाइएको छ । पिज्जाको पीठो बनाउने रेसिपीमा ‘तीन चुमामी’ नुन हाल्न भनिएको थियो । जापानी भाषामा ‘चुमामी’ को अर्थ औँलाको टुप्पाले समातिने थोरै मात्रा अर्थात् ‘चुट्की’ हुन्छ । तर, पिज्जा बनाइरहेका विद्यार्थीहरू सो शब्दको प्राविधिक अर्थसँग परिचित थिएनन् । उनीहरूले ‘चुमामी’ लाई ‘चुमामिगुई’ (मुठीले समातेर खाइने खाजा) सँग जोडेर बुझे । जसका कारण उनीहरूले तीन ‘चुट्की’ नुन हाल्नुपर्ने ठाउँमा तीन ‘मुठी’ नुन हालिदिए । नुनको यो मात्रा सामान्यभन्दा कैयौँ गुणा बढी थियो ।

अत्यधिक नुन (सोडियम) का कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले पुष्टि गरेका छन् । किताक्युशु शिक्षा बोर्डले घटनाको अनुसन्धान गर्दै विद्यार्थीहरूमा खाना पकाउने अनुभवको कमी र शब्दावलीको गलत बुझाइले यस्तो हुन पुगेको जनाएको छ । अस्पताल भर्ना भएका सबै विद्यार्थीहरू अहिले पूर्ण रूपमा निको भइसकेका छन् । यस घटनाले भान्सामा स-साना कुरा र सही मापनको ज्ञान नहुँदा कस्तो गम्भीर परिणाम निम्तिन सक्छ भन्ने एउटा अनौठो पाठ सिकाएको छ ।

तपाईको प्रतिक्रिया