Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको सोमबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।उनलाई छोराहरूले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो । उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी,सुरक्षा निकायका प्रमुख, नेता-कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको भीड लागेको थियो ।अन्तिम बिदाइ अघि ढुंगानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरणमा राखेको थियो।  त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपप्रधानमन्त्री द्वय,प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल,गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत सरकारका मन्त्रीहरू गौचरण पुगेका थिए ।अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल,नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ढुंगाना पनि गौचरण पुगेका थिए ।सोमबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा सार्वजनिक बिदा दिँदै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया