काठमाडौं – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा तिजको रौनक लागेको छ । तीजको अघिल्लो दिन (दर खाने दिनमा) प्रचण्ड निवासमा रौनक देखिएको हो ।
प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र स्वकिय सचिवालय सदस्य एवं कान्छी छोरी गंगा दाहालसहितका आफन्तले दर खाने दिन मनाएका छन् ।
प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका तस्बिरहरुमा बुवा प्रचण्डसहित दिदी, छोरीलगायत नजिकका आफन्तसँगको रातै पहिरनमा तीज कार्यक्रम मनाएका छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.








