Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

पेरिस –  नेपाली युवा बिश्व साइकल यात्री सौरब दाहाल सोमबार पेरिस पुगेका छन । फ्रान्सका लागी नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले साइकल यात्री दाहाल पेरिस आएकोमा खुसी हुदै स्वगत गरेका थिए । राजदूत श्रेष्ठले यात्री दाहाललाई सोमबार आफ्नै निवासमा लगेर राखेका थिए । एउटा नेपाली युवा आफ्नु राष्ट्रलाई बिश्वभरि चिनाउने अभियान लिएर अघि बढेकोमा स्वागत र सहयोग गर्न पाउदा एकदम खुशी लागेको राजदूत श्रेष्ठले बताए । पेरिसका संचार माध्यमहरु टेलिभिजन, पत्रपत्रिकामार्फत भेटघाट गराई साइकलयात्री दाहालको उदेश्य र परिचय गराउन राजदूत आवासले पहल गर्नेछ राजदूत श्रेष्ठले भने ।

साइकलयात्री दाहालको फ्रान्स २ हप्ताको यात्रा रहेको छ । २ हप्तामा उनले फ्रान्समा साइकल यात्रा गर्दै गौतम बुद्ध नेपालमानै जन्मेको भन्ने सन्देश दिदै बुद्धको बारेमा पम्प्लेटहरु बाड्नेछन । गैरआवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष निर्मल अर्यालले पनि साइकलयात्री दाहाल फ्रान्स आएको थाहा पाउदा एकदम खुसी लागेको बताउदै विभिन्न संघसस्थाहरुलाई खबर गरेर भेटघाट कार्यक्रममार्फ़त दाहालको यात्रा अभियानलाई अघि लिएर जान सक्ने जति सबै सहयोग गर्ने बताए।

स्विजजरल्याण्ड यात्रा पुरा गरी दाहाल ५४ औं राष्ट्र फ्रान्स आएका हुन् । फ्रान्सपछि उनी बेल्जियम, मस्को, हुंदै दाहाल क्यानडा जाने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया