Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार येनको मूल्यमा ओरालो लाग्ने क्रम जारी देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहँदै आएको येनको भाउ आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको पछिल्लो विनिमय दरअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा रहेको छ ।

येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउमा पनि आज सामान्य गिरावट देखिएको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको बिक्री दर १७६ रुपैयाँ ५० पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्कको बिक्री दर १९१ रुपैयाँ ५३ पैसा पुगेको छ ।

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको विनिमय दर आज यस प्रकार छ:-

  • कुवेती दिनार: ४९६ रुपैयाँ २७ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४१ रुपैयाँ ८२ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ५२ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ६३ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ५८ पैसा
  • ओमानी रियाल: ३९६ रुपैयाँ ०३ पैसा
  • बहराइन दिनार: ४०४ रुपैयाँ ३८ पैसा

यसैगरी, क्यानेडियन डलरको बिक्री दर १०९ रुपैयाँ ०१ पैसा, अस्ट्रेलियन डलर १०७ रुपैयाँ ३५ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया