Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ -क्रिस्टियानो रोनाल्डोले गोलमा अर्को कीर्तिमान बनाएका छन्।

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडका तर्फबाट उनले टोटनहमविरुद्ध २ का विरुद्ध ३ गोल गरेका हुन्।
योसँगै फिफाको अभिलेखअनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ। यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि सबैभन्दा बढी गोल हो।

यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ। जितसँगै म्यानचेस्टरले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना पुनःजीवित भएको छ।

लिगका आठ खेलमा पाँचौंपटक हारेको टोटनहमको भने आफ्नै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ। २७ खेलबाट ४५ अंक जोड्दै टोटनहम सातौं स्थानमा छ।

तपाईको प्रतिक्रिया