Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

काठमाडौं – घरेलु टोली मेक्सिकोले विश्वकप-२०२६ को उद्घाटन खेलमा बिहीबार दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गरेको छ । सन् १९८६ मा पछिल्लो पटक विश्वकप आयोजक बन्दा क्वार्टरफाइनल पुगेको मेक्सिको पहिलो खेलमा विजय हात पारेपछि त्यही गन्त्वयतर्फ लम्केको छ ।

एजटेका रंगशालामा ८० हजार भन्दा बढी दर्शक सामु मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । उनले मेक्सिकोलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए ।

दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले दिएको बललाई रक्षकले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो र इरिक लिराले दिएको पासमा क्विनोनेजले दक्षिण अफ्रिकी गोलरक्षकको खुट्टामुनिबाट गोल गरेका थिए ।

अमेरिकी र क्यानडासँगै विश्वकप आयोजना गरिरहेको मेक्सिकोलाई घरेलु मैदानमा समर्थन गर्न ठूलो संख्यामा दर्शकहरू रंगशाला आएका पुगेका थिए । झन्डै ८१ हजार दर्शकमा अधिकांश मेक्सिकोका थिए ।

चौथो मिनेटमा नै मेक्सिकोका राउल हिमिनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए । मेक्सिकोले त्यसबाहेक थुप्रै राम्रा अवसरमा गोल गर्न चुकेको थियो ।

याया सिथोलेले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ५० औं मिनेटमा १० खेलाडीमा खुम्चिएको थियो । मेक्सिकाका ब्रायन गुटिरेजले एक्लै अगाडि बढाएको बलमा पेनाल्टी बक्स बाहिर लास्ट म्यानको रूपमा रहेका सिथोलेले लडाएपछि उनलाई सिधै रातो कार्ड दिइएको छ ।

मेक्सिकोका राउल हिमिनेजले दोस्रो गोल गरे । खेलको ६७ औं मिनेटमा उनले रोबर्टो अल्भारडोको उत्कृष्ट क्रसमा हेड गोल गरेका थिए । ८४ औं मिनेटमा दक्षिण अफ्रिका नौ खेलाडीमा झरेको थियो । थेम्बा ज्वानेलाई भीएआरको सहयोगमा रेफ्रीले विपक्षी टोलीका खेलाडीलाई हातले प्रहार गरेको कारण रातो कार्ड दिइएका थिए ।

मेक्सिकोले पनि आफ्ना एक खेलाडी गुमाउन पुग्यो । इन्जुरी टाइमको पहिलो मिनेटमा सेजार मोन्टेजलाई विपक्षी खेलाडीले गोल गर्ने अवसरलाई बाधक बनाएको कारण सिधा रातो कार्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया