टोकियो – हालै नागोयामा भएको नेपाल फेस्टिवलमा दर्शन समाज जापानले ठकुरीहरुको आफ्नो कला, सँस्कृति, रितिरिवाज र भेषभूषा एवं परम्परामा आधारित झाँकी प्रदर्शन गर्नुका साथै सहआयोजकमा रहेर महत्वपूर्ण भूमिका निर्बाह गरेको छ ।
एनआरएनए क्षेत्रीय कमिटी नागोयाको आयोजनामा भएको चौथो नागोया नेपाल फेस्टिवलमा दर्शन समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार सुरज मल्लको अगुवाईमा सल्लाहकार पदम मल्ल, महिला उपाध्यक्ष प्रेरणा मल्ल, बिमला हमाल लगायतका जिम्मेवार पदाधिकारीहरुको सहभागिता र सक्रियतामा दर्शन समाज जापानको गर्विलो उपस्थिति जनाउनुका साथै ठकुरीहरुको मौलिक पहिचान र सँस्कृतिलाई उजागर गरिएको छ ।
उसो त हरेक वर्ष हुने नागोया फेस्टिवलमा दर्शन समाज जापानले आफ्नो मौलिक पहिचान र ठकुरीहरुको परम्परागत गौरवगाथा झल्किने झाँकी तथा सँस्कृति प्रदर्शन गर्दै आईरहेको उक्त समाजले जनाएको छ । चौथो नागोया नेपाल फेस्टिवल गत मे ३०, ३१ र जुन १ तारिखमा भएको थियो ।***















