काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा केही गिरावट देखिएको छ ।
पछिल्लो समय उतारचढावपूर्ण रहँदै आएको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५५ पैसा कायम भएको छ । राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ५१ पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा रहेको छ ।
येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउमा पनि आज सामान्य गिरावट देखिएको छ । १ अमेरिकी डलरको खरिद दर १५२.२७ रुपैयाँ र बिक्री दर १५२.८७ रुपैयाँ कायम भएको छ । आज युरोको बिक्री दर १७६ रुपैयाँ ९१ पैसा र खरिद दर १७६.२१ रुपैयाँ रहेको छ । पाउन्डको बिक्री दर आज २०४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको विनिमय दर आज यस प्रकार छ:-
- कुवेती दिनार: ४९७ रुपैयाँ ५४ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
- कतारी रियाल: ४१ रुपैयाँ ९३ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ६२ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ७२ पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ६४ पैसा
- बहराइन दिनार: ४०५ रुपैयाँ ४१ पैसा
- ओमानी रियाल: ३९७ रुपैयाँ ०४ पैसा
यसैगरी, क्यानेडियन डलरको बिक्री दर १०९ रुपैयाँ ७५ पैसा र अस्ट्रेलियन डलरको १०७ रुपैयाँ ९० पैसा कायम भएको छ । दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो विनिमय दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








