Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – जापानले विश्वमै पहिलोपटक काठको भूउपग्रह बनाउने भएको छ।

जापानको सुमितोमो फरेस्ट्री कम्पनी र क्योटो विश्वविद्यालयले मिलेर काठको भूउपग्रह बनाउन लागेको बीबीसीले जनाएको छ।

सुमिटोमो फरेस्ट्री कम्पनीले अन्तरिक्षमा काठको प्रयोग गर्ने विषयमा कम्पनीले अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

काठको भूउपग्रह सन् २०२३ भित्र तयार हुने अनुमान गरिएको छ।

भूउपग्रहको बढ्दो संख्याको कारण अन्तरिक्षमा फोहोरहरु थुप्रिन थालेका छ, जसलाई स्पेस जंक भनिन्छ।

अहिले अन्तरिक्षमा बढ्दो फोहोर (जंक) एक समस्याको रुपमा देखिएको छ । स्याटेलाइटको संख्या निरन्तर बढ्दो क्रममा रहेकाले यो स्पेसमा फोहोरको समस्या पनि बढेको हो । यो समस्या समाधानको लागि काठको स्याटेलाइट निर्माणको विकल्प अघि सारिएको हो । काठबाट बनेका स्याटेलाइटहरु अन्तरिक्षमा कुनै हानिकारक फोहोर बाँकी नरहने गरी बल्नेछन् ।

जापानका अन्तरिक्ष यात्री तथा क्योटो विश्वविद्यालयका प्राध्यापक ताका दोइ भन्छन्,‘सबै भूउपग्रह जो पृथ्वीको वायुमन्डलमा फेरि प्रवेश गर्दछन् त्यसले आल्मुनियमको कण बनाउँछ, जुन वषौं बायुमन्डलमा तैरिरहन्छ। यसबाट हामी चिन्तित छौं।’

अधिकारीहरुका अनुसार काठका भूउपग्रह पृथ्वीमा फर्काउन सकिन्छ र त्यसलाई जलाउन सकिन्छ। यसबाट हानिकारक पदार्थ निस्किँदैन।

जापानी वैज्ञानिकको यस कदमलाई क्रान्तिकारी कदम भनिएको छ।

वर्ल्ड इकोनमिक फोरमका अनुसार हाल लगभग ६ हजार भूउपग्रहले पृथ्वीको चक्कर लगाइरहेको छ। यीमध्ये ६० प्रतिशत स्पेस जंक हुन्।

रिसर्च फर्म युरोकन्सल्टका अनुसार एक देशकको अवधिमा हरेक एकवर्ष ९९० उपग्रह लन्च गरिनेछ। यसको मतलब सन् २०२० सम्ममा अन्तरिक्षको कक्षमा १६ हजार भूउपग्रह हुनेछन्।

जतिधेरै भूउपग्रह त्यति बढी स्पेस जंक थप्रिनेछन्। काठको भूउपग्रह बनाइए यसले असर नगर्ने वैज्ञानिकहरुको दाबी छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया