Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – जेष्ठ १६, २०७५ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने चर्चित खोज पत्रकारको युक्रेनको राजधानी किभमा गोली हानी हत्या भएको छ । रुसी पत्रकार आर्काडी बाब्चेन्कोको गएराती गोली हानी हत्या भएको हो ।

खाद्यान्न किन्न जाने क्रममा आफ्नै अपार्टमेन्ट बाहिर उनीमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी सैनिक विमानका बारेमा समाचार लेखेपछि आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै उनले रुस छाडेका थिए । यसैबीच, युक्रेनका प्रधानमन्त्री भोलोडिमिर ग्रोएसम्यानले बाबचेन्कोको हत्यामा रुस सरकारको संलग्नता रहेको आरोप लगाउनुभएको छ ।

भोलोडिमिरले पत्रकार बाब्चेन्कोको इमान्दारिता र सिद्धान्त सहन नसकेर रुसी अधिनायकवाद सरकारले हत्या गरेको उल्लेख गर्नुभएको छ । रुसले भने सो आरोपको खण्डन गरेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभ्रोभले युक्रेनमा खतरनाक अपराधहरु हुने गरेको भन्दै हत्याको छानविन थालेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया