Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

एडमन्टन, क्यानडा – एनआरएन क्यानाडाको पाँचौ सम्मेलन अलबर्टा राज्यको एडमन्टन सहरमा एडमन्टन घोषणा-पत्र जारी गर्दै सोमबार तेस्रो दिन समापन भएको कुरा अध्यक्ष डा. बिनोद केसीले जानकारी दिनुभयो ।

लामो समय देखि नेपालीमूलका गैरआवासीय नेपालीहरूलाई अनवरत रूपमा स्वयमसेवी ढंगले सेवा गर्दै आउनुभएका अग्रज नेपाली  डा. कुन्जरमणी शर्मा, लक्ष्मण त्रिपाठी र डा. जपनारायण बहादुर श्रेष्ठलाइ “आउटस्टान्डिङ नेप्लिज डायस्पोरा मेम्वर इन क्यानडा” नामक विशिष्ठ सम्मानले विभूषित गरी यसपल्ट देखि यस्ता विशिष्ठ साधकहरूलाइ सम्मान गर्ने परम्परा सुरू गरिएकोमा आफुलाइ गौरवको अनुभव भएको कुरा एनआरएन क्यानडाका महासचिव गोपीकृष्ण काफ्लेले बताउनुभयो ।

झण्डै १५ हजार नेपाली र ५ हजार नेपालीमूलका भूटानी गरी २० हजारको हाराहारी नेपाली भाषी समुदाय रहेको क्यानडाको पश्चिमी भेगमा रहेको अल्बर्टा प्रान्तमा रहेका नेपाली संस्थाहरू नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टन (NECASE), क्याल्गरी नेप्लिज कम्यूनिटी एसोशिएसन (CNCA) र नेप्लिज कम्यूनिटी सोसाइटी अफ क्याल्गरी (NCSC) पांचौ अधिबेशनमा सहआयोजकका रूपमा सम्मेलन सफल पार्न महत्वपू्र्ण योगदान दिएको कुरा एनआरएन क्यानडाका महासचिव काफ्लेले बताउनुभयो । विभिन्न सहरमा रहेका स-साना नेपाली समुदायलाइ एनआरएनले अझ प्रभावकारी ढंगले सहकार्य विस्तार गर्ने नयाँ आयाम सुरू भएको कुरामा पनि श्री काफ़्लेले जोड दिनुभयो ।

नेपालमा खुल्ला विश्वविद्यालय स्थापनाको अभियानमा क्यानाडाको एडमन्टनमा रहेको अथावास्का युनिवर्सिटीसंग सहकार्यलाइ अझ विस्तृत र प्रभावकारी बनाउन नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टन (NECASE)ले महत्वपूर्ण भूमिका खेल्ने कुरा नेकासेका अध्यक्ष इन्जिनिएर मोहनाथ आचार्यले बताउनु भयो । अलबर्टा राज्यका सभासद तथा पूर्व समाज कल्याण मन्त्री प्रा. जेने जोजडेस्कीले एनआरएन क्यानडासंग सहकार्य गर्दै नेपाली समुदायलाइ सहयोग गर्ने अलबर्टा सरकार इच्छुक रहेको बताउनुभयो ।

अधिवेशनले एनआरएन क्यानाडाले नेपालमा सुर्खेतको मैनितडा गाविसलाइ नमुना गाउँ बनाउने कार्यक्रम, नेपाल लाइब्रेरी फाउन्डेसनसंग सहकार्य गर्दै नेपालमा पुस्तकालय स्थापना, प्रोफेसनल मेन्टरसीप कार्यक्रम सन्चालन गरी नेपालीहरूलाइ राम्रा र उच्च तलब भएका जागीर सम्म सहज पहुँच पुराउने, महिला तथा बालकल्याण कार्यक्रम लगायत गैह्र आवासीय नेपालीहरूका लागि दोहोरो नागरिकता, एनआरएन ग्लोबल इन्भेस्टमेन्ट फन्ड नेपालको विकासका लागि गैह्र आवासीय नेपालीहरूको लगानीको सम्भावना विस्तार गर्ने कुरा सम्मलेनको एडमन्टन घोषणापत्रमा उल्लेख भएको कुरा सचिव तुलसी सापकोटाले बताउनुभयो ।

एनआरएन क्यानाडाको प्रतिनिधि मण्डलले अथावास्का युनिवर्सिटी क्यानडाको भ्रमण गरी नेपालमा खुल्ला विश्वविद्यालय स्थापना विषयमा हालसम्म भएका प्रगतीको समिक्षा गर्दै थप आर्थिक संकलन गर्ने कार्यमा समेत सहकार्यको लागि छलफल गरेको कुरा नेपालमा खुल्ला विश्वविद्यालय स्थापना अभियानका सक्रिया सदस्य डा. द्रोण रसालीले बताउनुभयो।  डा. रसाइलीका अनुसार नेपालमै बसेर क्यानडियाली डिग्री पाउन सकिने यो अभियानले क्यानडा आउन चाहाने नेपालीका लागी क्यानडामा अत्यन्त राम्रो अबसर प्रदान गर्ने विश्वास ब्यक्त गर्नु भयो ।

क्यानडाका लागि नेपाली राजदूत डा. भोजराज घिमिरेको प्रमुख आतिथ्यमा अधिबेशनको खुला सत्रका क्रममा एड्मन्टन नगरका मेयर स्टेफेन मान्डेलले अतिथिको रूपमा मन्तब्य दिदै नेपाली संस्कृति र परम्पराले  क्यानडेली बहुसांस्कृतिक इन्द्रेणी समाजमा सुन्दर रंग थपेको हुनाले यसलाइ प्रबर्धन गर्न नगरले सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

सम्मेलनको दोश्रो दिन स्थानीय आयोजक संस्था नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टनले (NECASE)ले बिशेष रमाइलो सांस्कृतिक साँझको (Gala) प्रस्तुत गर्ने कार्यक्रम रहेको कुरा NECASE का सचिव नवराज अधिकारीले बताउनुभयो।

सम्मेलनमा क्यानाडाका विभिन्न प्रान्तमा छरिएर रहेका नेपाली मूलका क्यानाडावासी नेपालीहरूका वीचमा क्रियाशील विभिन्न संघसंस्थाहरू समेत गरी करिव ३०० जना सहभागी थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया