Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – मुलुकको संघीय स्वरुपबारे अहिले देशमा अत्यन्त पेचिलो ढंगले बहस चलिरहेको छ । ठिक यति नै बेला अस्ट्रेलियामा रहेका नेपालीहरुले जातीयताका आधारमा प्रदेशहरु बनाउनै नहुने सुझाव दिएका छन् । त्यहाँ रहेर उच्च शिक्षा हासिल गरेका र विभिन्न उच्च ओहदामा रहेका व्यक्तिहरुले संघीय प्रदेश बनाउन परे पनि जातीयताका आधारमा बनाउनु गम्भीर त्रुटी हुने बताएका छन् । प्रदेश बनाउँदा भौगोलिक आधार, जलवायु प्रणाली, मानव आयस्रोत, प्राकृतिक सम्प्रदालगायत आधारमा बनाउनुपर्ने उनीहरुको धारणा छ । जातीय प्रदेशले देश टुक्र्याउन सक्ने भएकाले यसतर्फ अहिल्यै सचेत हुन पनि उनीहरुले आग्रह गरेका छन् ।

अष्ट्रेलियामा ब्यवसायिक, सामाजिक र सरकारी क्षेत्रमा रहेका प्रवासी नेपालीहरु डा. शमशेरसिंह थापा, डा. घनश्याम चापागाईं, डा. राजु अधिकारी, डा. नवीन दागाल, जोग लिम्बु, रमेश पाण्डेलगायत बुद्धिजीवीहरुले जातीय प्रदेशको अवधारणा सही नहुने बताएका हुन् । सबै जातजातिलाई राज्य वितरण गर्न सम्भवै नहुने उनीहरुको भनाइ छ ।

देशमा अत्यन्तै संगिन ढंगले चर्को बहस चलेको ऐतिहासिक बिषयमा जापानका बुद्धिजीवी नेपालीहरुबाट भने खासै चासो र चिन्ता प्रकट गरेको तथा सल्लाह र सुझाव दिने गरेको पाईदैन, न त त्यस्ता बिषयमा यहाँ छलफल र अन्तरक्रिया नै हुने गरेका छन् भने न त उनीहरुका विचार पोखिएका लेख रचनाहरु नै प्रकाशित हुने गरेका छन् । संबिधान बनाउने जस्तो आम नेपालीको यति धेरै सरोकारको बिषयमा यहाँका नेपालीहरु यति भाँती मौन बस्नु वा उदासिन रहनुले जापानका नेपालीहरुको अभिमत कहिं कतै जाहेर नभएको पुष्टि हुन्छ । र जे जस्तो भए पनि १ थान संबिधान भए पुग्ने रहेछ भनेर बुझ्नुपर्ने यहांका एकथरी भुक्तभोगीहरु बताउँछन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया