Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाली साहित्य समाज नर्थ क्यरोलाइनाको मासिक कवि गोष्ठी सम्पन्न भएको छ । गत शनिबार (मे १९ २०१७) का दिन संस्थाका सचिव शिखर दुलालको निवास मोरिसभिल नर्थ क्यरोलाइनामा गोष्ठी सम्पन्न भएको हो ।

तीन चरणमा बाँडिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रत्येक महिना झै नेपाली साहित्य, कला–संस्कृतिका साधकको योगदानका विषयमा छलफल गरिएको थियो । शनिबारको कार्यक्रममा कवि अगमसिंह गिरीको व्यक्तित्व र उहाँको कृतिका बारेमा चर्चा गरिएको समाजले जनाएको छ । साथै कवि शिखर दुलालले कवि अगमसिंह गिरीको बारेमा छोटो प्रस्तुति दिनुभएको थियो भने अन्य सहभागीहरूले उहाँको साहित्यिक जीवनका बारेमा थप छलफल गर्नुभएको थियो ।

यस्तै कार्यक्रमको दोस्रो चरणमा युवा पुस्ताका लोक प्रिय कवि मनु मन्जिलको कृति ‘ल्याम्पपोष्टबाट खसेको जून’ का बारेमा चर्चा परिचर्चा गरिएको थियो । साथै कवि मनु मन्जिलसँग उहाँको काव्य सिर्जना, ल्याम्पपोष्टबाट खसेको जुन भित्रका कविताहरू र समकालीन नेपाली साहित्यको अवस्थाका विषयका पनि छलफल भइको थियो । कार्यक्रममा साहित्यले चेतनाको विकास गराउनुपर्नेमा जोड दिंदै कवि मंजिलले अब नेपाली साहित्यका राम्रा कृतिहरुलाई अंग्रजी भाषामा समेत अनुवाद र प्रचारप्रसार गरी विश्वव्यापी प्रतिस्पर्धामा लैजानुपर्ने बताउनुभयो । उहाँले विदेशमा बसेर पनि नेपाली साहित्यको उत्थानमा उत्साहका साथ लागेर आफु सम्झेकोमा नर्थ क्यरोलाइना नेपाली साहित्य समाज परिवारलाई धन्यवाद समेत दिनु भएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा स्थानीय कविहरू नम्रता गुरागाई, ऋषि बस्ताकोटी, शिखरदुलाल, सुवास ढकाल लगायतले आ–आफ्ना सिर्जनाहरू सुनाउनु भएको थियो । साथै कार्यक्रममा आगामी जून ४, २०१७ (जेठ १९, २०७४) मा नेपालका वरिष्ठ साहित्यकार तुलसी दिवसलाई सम्मान र स्थानीय स्रष्टा शिखर दुलालको कविता संग्रह ‘यात्राअविरल’ को विमोचन गर्ने कार्यक्रम रहेको नेपाली साहित्य समाजले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया